मधेस प्रदेशका गृहमन्त्री लेखीले गरे आमसंचार प्राधिकरण र चलचित्रबोर्डको कार्यालयमा अनुगमन  « Khabarhub

मधेस प्रदेशका गृहमन्त्री लेखीले गरे आमसंचार प्राधिकरण र चलचित्रबोर्डको कार्यालयमा अनुगमन 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले आज जनकपुरधाम स्थित कदमचौकमा रहेको आमसंचार प्राधिकरण र मधेस चलचित्रबोर्डको कार्यालयमा अनुगमन गरेका छन् । 

अनुगमनको क्रममा मन्त्री लेखिसंग मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल र मन्त्रीका राजनितिक सल्लाहकार कुन्दन झा पनि उपस्थित थिए ।

गृहमन्त्री लेखीले अनुगमनको क्रममा कार्यालयहरूको कार्यप्रणाली र प्रगतिको अवलोकन गरेका छन्। यस अनुगमनको उद्देश्य सेवा प्रवाहको स्तर, कर्मचारीहरूको कार्यसम्पादन र आम नागरिकलाई दिने सेवामा सुधार ल्याउने हो ।

गृहमन्त्री लेखीले अनुगमनको क्रममा संस्थाका प्रमुखसँग विभिन्न मुद्दामा छलफल गर्दै कार्यालयको व्यवस्थापनमा सुधारको आवश्यकता भएको कुरा उल्लेख गरे । उनले सरकारले जनतासम्म तदारुक र प्रभावकारी सेवा पुर्याउन आवश्यक कदमहरू चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनुगमन कार्यकम पछि, गृहमन्त्री लेखीले भने, ‘समाजिक र सांस्कृतिक क्षेत्रमा सुधारका लागि हामीले निरन्तर प्रयास गर्नुपर्छ। प्राधिकरण र चलचित्रबोर्डका कार्यहरूलाई अझ प्रभावकारी बनाउने पहल गरिने छ।’

मधेस प्रदेशका विभिन्न कार्यालयहरूको अनुगमनकार्यक्रम आगामी दिनमा पनि जारी रहने गृहमन्त्री लेखीले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ४५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६