अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न ओली पुगे बर्न अस्पताल  « Khabarhub

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न ओली पुगे बर्न अस्पताल 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संसद्को प्रश्नोत्तर कार्यक्रम सकेर कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । 

उनी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ । 

उनीहरूको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल प्रशासनले जनाएको सचिवालयको भनाइ छ । घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यको गाला र हात जलेको छ । 

शनिबार पोखरामा भएको ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटनमा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्य घाइते भएका थिए ।

गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट उक्त घटना छानबिन गर्न समिति समेत गठन गरिसकेका छन् । 

समितिमा समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिम्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ५८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित