तरकारी र फलफूलमा हानिकारक विषादी भेटिनु चिन्ताजनक : कृष्णप्रसाद पौडेल « Khabarhub

तरकारी र फलफूलमा हानिकारक विषादी भेटिनु चिन्ताजनक : कृष्णप्रसाद पौडेल


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले तरकारी र फलफूलमा हानिकारक विषादी प्रयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेकोको राष्ट्रियसभा बैठकमा सम्बोधन गदै उनले दैनिक उपभोग गरिने तरकारी र फलफूलमा अत्यधिक हानिकारक विषादीको प्रयोगले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको बताएका हुन् ।

उनले भने, ‘आम नागरिकको जीवनमरणसँग सम्बन्धित दैनिक उपभोग गरिने तरकारी र फलफूलमा अत्यधिक हानिकारक विषादीको प्रयोगले आम नागरिकलाई थप निराश, पीडित, प्रताडित, आक्रोशित मात्र बनाएको छैन, यसको प्रयोगले क्यान्सर, मिर्गौला, कलेजो तथा मुटुमा प्रत्यक्ष असर पर्ने गरेको तथ्य र तथ्याङ्कले प्रमाणित गरेको छ ।’

साथै पौडेलले ‘स्वस्थ खाना स्वस्थ जीवन’ मानिसको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै खाद्य वस्तुमा मिसावट, तरकारी र फलफूलमा अत्यधिक विषादी प्रयोगले नागरिकको मौलिक हक समेत उल्लंघन भएको बताए ।

उनले भने, ‘स्वस्थ खाना स्वस्थ जीवन मानिसको आधारभूत आवश्यकता हो । खाद्य वस्तुमा मिसावट, तरकारी र फलफूलमा अत्यधिक विषादी प्रयोगले नेपालको संविधानको धारा ३५ मा उल्लेखित स्वास्थ्य सम्बन्धि हक र धारा ३६ मा उल्लेखित खाद्य सम्बन्धी मौलिक हकको समेत ठाडो उल्लंघन भएको छ ।सम्बन्धित निकायले समयमै ध्यान दिन नसक्नु, प्रभावकारी अनुगमन नहुन र त्यस्ता विषादी प्रयोग गरिएका गुणस्तरहीन खाद्य सामग्रीको तत्काल नष्ट नगरिनुले नागरिकको जीवनमा थप जटिलता सिर्जना गर्ने देखिन्छ । तसर्थ, ‘विषादी औषधी होइन, विष हो’ भन्ने हेक्का राखी आम नागरिकको जीवन रक्षा र प्रवद्र्धनका लागि उचित कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ४९ बजे

निजी क्षेत्रले प्राधिकरणसँग राख्यो विद्युत् व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव  

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्

एमाले केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै महिला निर्वाचित

काठमाडौं– एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै

निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं- सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष

शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा

‘गुण्डुका बा’ले जितेर हारेको ‘ह्याट्रिक’

गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि कौरव खेमामा सेनापति