तरकारी र फलफूलमा हानिकारक विषादी भेटिनु चिन्ताजनक : कृष्णप्रसाद पौडेल « Khabarhub

तरकारी र फलफूलमा हानिकारक विषादी भेटिनु चिन्ताजनक : कृष्णप्रसाद पौडेल


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले तरकारी र फलफूलमा हानिकारक विषादी प्रयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेकोको राष्ट्रियसभा बैठकमा सम्बोधन गदै उनले दैनिक उपभोग गरिने तरकारी र फलफूलमा अत्यधिक हानिकारक विषादीको प्रयोगले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको बताएका हुन् ।

उनले भने, ‘आम नागरिकको जीवनमरणसँग सम्बन्धित दैनिक उपभोग गरिने तरकारी र फलफूलमा अत्यधिक हानिकारक विषादीको प्रयोगले आम नागरिकलाई थप निराश, पीडित, प्रताडित, आक्रोशित मात्र बनाएको छैन, यसको प्रयोगले क्यान्सर, मिर्गौला, कलेजो तथा मुटुमा प्रत्यक्ष असर पर्ने गरेको तथ्य र तथ्याङ्कले प्रमाणित गरेको छ ।’

साथै पौडेलले ‘स्वस्थ खाना स्वस्थ जीवन’ मानिसको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै खाद्य वस्तुमा मिसावट, तरकारी र फलफूलमा अत्यधिक विषादी प्रयोगले नागरिकको मौलिक हक समेत उल्लंघन भएको बताए ।

उनले भने, ‘स्वस्थ खाना स्वस्थ जीवन मानिसको आधारभूत आवश्यकता हो । खाद्य वस्तुमा मिसावट, तरकारी र फलफूलमा अत्यधिक विषादी प्रयोगले नेपालको संविधानको धारा ३५ मा उल्लेखित स्वास्थ्य सम्बन्धि हक र धारा ३६ मा उल्लेखित खाद्य सम्बन्धी मौलिक हकको समेत ठाडो उल्लंघन भएको छ ।सम्बन्धित निकायले समयमै ध्यान दिन नसक्नु, प्रभावकारी अनुगमन नहुन र त्यस्ता विषादी प्रयोग गरिएका गुणस्तरहीन खाद्य सामग्रीको तत्काल नष्ट नगरिनुले नागरिकको जीवनमा थप जटिलता सिर्जना गर्ने देखिन्छ । तसर्थ, ‘विषादी औषधी होइन, विष हो’ भन्ने हेक्का राखी आम नागरिकको जीवन रक्षा र प्रवद्र्धनका लागि उचित कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ४९ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको