तरकारी र फलफूलमा हानिकारक विषादी भेटिनु चिन्ताजनक : कृष्णप्रसाद पौडेल « Khabarhub

तरकारी र फलफूलमा हानिकारक विषादी भेटिनु चिन्ताजनक : कृष्णप्रसाद पौडेल


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले तरकारी र फलफूलमा हानिकारक विषादी प्रयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेकोको राष्ट्रियसभा बैठकमा सम्बोधन गदै उनले दैनिक उपभोग गरिने तरकारी र फलफूलमा अत्यधिक हानिकारक विषादीको प्रयोगले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको बताएका हुन् ।

उनले भने, ‘आम नागरिकको जीवनमरणसँग सम्बन्धित दैनिक उपभोग गरिने तरकारी र फलफूलमा अत्यधिक हानिकारक विषादीको प्रयोगले आम नागरिकलाई थप निराश, पीडित, प्रताडित, आक्रोशित मात्र बनाएको छैन, यसको प्रयोगले क्यान्सर, मिर्गौला, कलेजो तथा मुटुमा प्रत्यक्ष असर पर्ने गरेको तथ्य र तथ्याङ्कले प्रमाणित गरेको छ ।’

साथै पौडेलले ‘स्वस्थ खाना स्वस्थ जीवन’ मानिसको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै खाद्य वस्तुमा मिसावट, तरकारी र फलफूलमा अत्यधिक विषादी प्रयोगले नागरिकको मौलिक हक समेत उल्लंघन भएको बताए ।

उनले भने, ‘स्वस्थ खाना स्वस्थ जीवन मानिसको आधारभूत आवश्यकता हो । खाद्य वस्तुमा मिसावट, तरकारी र फलफूलमा अत्यधिक विषादी प्रयोगले नेपालको संविधानको धारा ३५ मा उल्लेखित स्वास्थ्य सम्बन्धि हक र धारा ३६ मा उल्लेखित खाद्य सम्बन्धी मौलिक हकको समेत ठाडो उल्लंघन भएको छ ।सम्बन्धित निकायले समयमै ध्यान दिन नसक्नु, प्रभावकारी अनुगमन नहुन र त्यस्ता विषादी प्रयोग गरिएका गुणस्तरहीन खाद्य सामग्रीको तत्काल नष्ट नगरिनुले नागरिकको जीवनमा थप जटिलता सिर्जना गर्ने देखिन्छ । तसर्थ, ‘विषादी औषधी होइन, विष हो’ भन्ने हेक्का राखी आम नागरिकको जीवन रक्षा र प्रवद्र्धनका लागि उचित कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ४९ बजे

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा