समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ « Khabarhub

समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनको अध्यक्षमा पुनः शम्भु श्रेष्ठ चयन भएका छन् । उनी संस्थापक अध्यक्ष हुन ।

गत २८ जेठ २०८० मा भएको संगठन निर्वाचनमा अध्यक्षमा विजयी विश्वमणि सुवेदी ४ माघमा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेपछि समाजवादी प्रेस संगठन नेत्तृत्वबिहिन भएको थियो ।

सुवेदीसहित महासचिव रामकुमार एलन र केही पदाधिकारी पनि एमालेमा प्रवेश गरेपछि आइतबार भएको दोस्रो भेलाले श्रेष्ठलाई पुनः अध्यक्ष बनाएको हो । श्रेष्ठ दृष्टि साप्ताहिकका सम्पादक हुन ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्ट सुवेदीले वामदेव गौतम एमालेमा जान लागेपछि उनी पनि एमालेमा नै फर्किएका थिए ।

यस्तै माहासचिवमा रोहित दाहाल चयन हुँदा भरतराज पोखरेल कोषाध्यक्ष बनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ०४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।