समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ « Khabarhub

समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनको अध्यक्षमा पुनः शम्भु श्रेष्ठ चयन भएका छन् । उनी संस्थापक अध्यक्ष हुन ।

गत २८ जेठ २०८० मा भएको संगठन निर्वाचनमा अध्यक्षमा विजयी विश्वमणि सुवेदी ४ माघमा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेपछि समाजवादी प्रेस संगठन नेत्तृत्वबिहिन भएको थियो ।

सुवेदीसहित महासचिव रामकुमार एलन र केही पदाधिकारी पनि एमालेमा प्रवेश गरेपछि आइतबार भएको दोस्रो भेलाले श्रेष्ठलाई पुनः अध्यक्ष बनाएको हो । श्रेष्ठ दृष्टि साप्ताहिकका सम्पादक हुन ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्ट सुवेदीले वामदेव गौतम एमालेमा जान लागेपछि उनी पनि एमालेमा नै फर्किएका थिए ।

यस्तै माहासचिवमा रोहित दाहाल चयन हुँदा भरतराज पोखरेल कोषाध्यक्ष बनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ०४ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने