ज्ञानेन्द्र शाहीको कटाक्ष : वृद्धाआश्रमलाई के बालआश्रम भन्नु त ? « Khabarhub

ज्ञानेन्द्र शाहीको कटाक्ष : वृद्धाआश्रमलाई के बालआश्रम भन्नु त ?


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभामा आफ्नो अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले शाहीले दिएको ‘राष्ट्रियसभा वृद्धाआश्रम भएको छ’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताएपछि खेद प्रस्ताव पारित भएको थियो।

त्यसपछि शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत कटाक्ष गर्दै भनेका छन्, ‘चुनाव हारेका हरुवा चरुवा लाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ?’

उनले अगाडि लेखेका छन्, ‘मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस्। हरुवा, चरुवा वृद्राश्रममा जाने बाजे बजैलाई घरमा गएर आफ्ना नाति(नतिनालाई खेलाएर बस्न भन्नुहोस्। तर राष्ट्रिय सभालाई हामी युवाहरुको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’

राष्ट्रियसभाको शून्य समयमा सांसद नारायणदत्त मिश्रले शाहीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भनेका थिए, ‘राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ। भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति गम्भीर आपत्ति छ।’

सांसद जयन्तीदेवी राईले पनि शाहीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै राष्ट्रियसभाको सम्मानमा आँच आउने कुरा गरेको आरोप लगाइन्। उनले भनिन्, ‘सांसद शाहीले राष्ट्रियसभालाई ‘वृद्धाआश्रम र केही दिनको पाहुना’ भनेर दिएको अभिव्यक्ति निन्दनीय छ। राष्ट्रियसभाले यस विषयमा खेद प्रस्ताव पारित गर्नुपर्छ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै