ज्ञानेन्द्र शाहीको कटाक्ष : वृद्धाआश्रमलाई के बालआश्रम भन्नु त ? « Khabarhub

ज्ञानेन्द्र शाहीको कटाक्ष : वृद्धाआश्रमलाई के बालआश्रम भन्नु त ?


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभामा आफ्नो अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले शाहीले दिएको ‘राष्ट्रियसभा वृद्धाआश्रम भएको छ’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताएपछि खेद प्रस्ताव पारित भएको थियो।

त्यसपछि शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत कटाक्ष गर्दै भनेका छन्, ‘चुनाव हारेका हरुवा चरुवा लाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ?’

उनले अगाडि लेखेका छन्, ‘मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस्। हरुवा, चरुवा वृद्राश्रममा जाने बाजे बजैलाई घरमा गएर आफ्ना नाति(नतिनालाई खेलाएर बस्न भन्नुहोस्। तर राष्ट्रिय सभालाई हामी युवाहरुको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’

राष्ट्रियसभाको शून्य समयमा सांसद नारायणदत्त मिश्रले शाहीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भनेका थिए, ‘राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ। भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति गम्भीर आपत्ति छ।’

सांसद जयन्तीदेवी राईले पनि शाहीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै राष्ट्रियसभाको सम्मानमा आँच आउने कुरा गरेको आरोप लगाइन्। उनले भनिन्, ‘सांसद शाहीले राष्ट्रियसभालाई ‘वृद्धाआश्रम र केही दिनको पाहुना’ भनेर दिएको अभिव्यक्ति निन्दनीय छ। राष्ट्रियसभाले यस विषयमा खेद प्रस्ताव पारित गर्नुपर्छ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ५४ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने