हलेसीमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाउँदै « Khabarhub

हलेसीमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाउँदै


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी बजारमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय र स्थानीय जुटेका छन् ।

हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय प्रयासरत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए।

आगलागीबाट दुईवटा घरमा पूर्णरुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए । आगो निभाउन पानी अभाव भएको उनले बताए । आगलागीबाट स्थानीय ऐराख राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।

खाना पकाउने क्रममा ग्यास चुहिएपछि आगलागी सुरु भएको हो । ग्यास सिलिन्डर पसलसमेत भएको घरमा आगो निभाउन नसक्दा नजिकैका अन्य घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : २२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।