सडक निर्माणका क्रममा ढुङ्गाले लागेर मजदुरको मृत्यु « Khabarhub

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर मजदुरको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा सडक निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर मजदुरको मृत्यु भएको हो ।

ढुङ्गाले लागेर आज ३५ वर्षीय खड्गबहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । भित्री सडकखण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

लिङ्खाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्यचौकी चैनपुर लगिदै छ । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटनास्थलमा गएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : ३७ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र