सडक निर्माणका क्रममा ढुङ्गाले लागेर मजदुरको मृत्यु « Khabarhub

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर मजदुरको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा सडक निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर मजदुरको मृत्यु भएको हो ।

ढुङ्गाले लागेर आज ३५ वर्षीय खड्गबहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । भित्री सडकखण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

लिङ्खाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्यचौकी चैनपुर लगिदै छ । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटनास्थलमा गएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : ३७ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो १०० कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको