एम्बाप्पे चम्किँदा रियल म्याड्रिडको कमब्याक जित « Khabarhub

एम्बाप्पे चम्किँदा रियल म्याड्रिडको कमब्याक जित


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिल्लारियल माथिको २-१ को कम ब्याक जितसहित रियल म्याड्रिड स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

रियलका लागि दुवै गोल केलिएन एम्बाप्पेले गरे। यो जितसँगै रियल म्याड्रिडले बार्सिलोनालाई ३ अंकले पछाडि छाडेको छ। बार्सिलोनाले आइतबार तेस्रो स्थानको एट्लेटिकोसँग खेल्ने छ।

भिल्लारियल भने लगातार दुई खेलको हारपछि तालिकाको पाँचौँ स्थानमा झरेको छ। शनिबार घरेलु भूमिमा भएको खेलमा हुवा फोइथले भिल्लारियललाई अग्रता दिलाएका थिए।

खेलको १७ औँ मिनेटमा ब्राहिम डियाजको थ्रु पासमा बराबरी गोल गरेका एम्बाप्पेले २३ औँ मिनेटमा विजयी गोल गरे।

ला लिगाका शनिबार भएका खेलमा गेरोना र भ्यालेन्सियाबीच १-१ गोलको बराबरी भयो। मालार्कोले इस्पानियोलाई २-१ ले हरायो। सेलभिगोले रियल भालाडोलिडलाई १-० ले हरायो।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ६ : ४९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको