हल्याण्डको सय गोलको कीर्तिमान : बराबरीमा रोकियो म्यानचेस्टर सिटी « Khabarhub

हल्याण्डको सय गोलको कीर्तिमान : बराबरीमा रोकियो म्यानचेस्टर सिटी


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एर्लिङ हल्याण्डले कीर्तिमान कायम राखे पनि म्यानचेस्टर सिटीको यस सिजनको सङ्घर्ष जारी रहेको छ।

इङ्लिस प्रिमियरसीपको शनिबार राति भएको खेलमा ब्रिङटन र म्यानचेस्टर सिटी बिचको खेलमा २-२ गोलको बराबरीमा सकियो।

सय भन्दा कम प्रिमियरसिप खेलमै सय गोलमा आबद्ध हुने खेलाडीको रूपमा उनले कीर्तिमान कायम गरेका हुन्। उनले ९४ औँ खेल खेलिरहँदा सो सफलता पाएका हुन्।

११ औँ मिनेटमा हल्याण्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। सो गोल प्रिमियरसिपमा उनको ८४ औँ गोल हो। पर्भिस स्टुपिनानले २१ औँ मिनेटमा सानदार गोल गर्दै ब्रिङटनलाई खेलमा फर्काएका हुन्।

खेलको ३९ औँ मिनेटमा ओमार माउर माउसले सिटीलाई अग्रता दिलाए पनि ४८ औँ मिनेटमा सिटीकै खुसानोभले आत्मघाती गोल गरे।

बराबरीपछि सिटी ४८ अङ्कसहित पाँचौँ तथा ब्रिङटन ४७ अङ्क सहित सातौँ स्थानमा छन्। ४७ अङ्क रहेको न्यु क्यासल र ४९ अङ्क रहेको चेल्सीले एक खेल कम खेलेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : ४४ बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र