विश्लेषक मीना पौडेलको ‘साहस’ बजारमा « Khabarhub

विश्लेषक मीना पौडेलको ‘साहस’ बजारमा


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी विश्लेषक मीना पौडेल लिखित ‘साहस (महिला बेचबिखन, बहिष्कार र प्रतिकार)’ सार्वजनिक भएको छ ।
किताब पब्लिशर्सले प्रकाशन गरेको यस पुस्तकमा मानव बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूको अनुभूतिलाई लैङ्गिक, सामाजिक–सांस्कृतिक, कानुनी र आर्थिक हिंसाका पाटामार्फत उजागर गरिएको पब्लिशर्सकी सीईओ कल्पना ढकालले बताइन् ।

साढे तीन दशकदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा प्राज्ञिक अनुसन्धान, नीतिगत पैरवीका साथै जनपक्षीय विकास कार्यक्रमहरूमार्फत सीमान्तकृत समुदायका पक्षमा क्रियाशील मीना पौडेल समाजवादी विश्लेषक हुन् ।

त्रिविबाट मानवशास्त्रमा स्नातकोत्तर र बेलायतबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तरसम्बन्धमा विद्यावारिधि गरेकी उनले आप्रवासनका विभिन्न आयाममा एसिया, युरोप र अफ्रिकाका मुलुकहरूमा विभिन्न निकायमा आवद्ध भएर काम गरेकी छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अनुसन्धानमूलक लेख–रचना प्रकाशित गरिसकेकी पौडेलको नेपाली भाषामा यो पहिलो पुस्तक हो । पौडेलको विद्यावारिधि अनुसन्धानबाट विकसित भएर सन् २०११ मा अङ्ग्रेजीमा छापिएको यो पुस्तक फ्रेन्च, जर्मन, इटालियन, पोलिस र पोर्चुगिज भाषामा समेत प्रकाशित भइसकेको छ ।

‘यस पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाइको खाँचो औंल्याउँछ,’ पौडेल भन्छिन्, ‘मानव बेचबिखन यौनसँग मात्र सम्बन्धित छैन; यो कुनै व्यक्तिविरुद्धको यस्तो सामाजिक अपराध हो, जुन लैङ्गिकता, यौनिकता, आप्रवासन, आर्थिक विपन्नता, सामाजिक–सांस्कृतिक अवहेलना, श्रमको विभेद, संरचनागत शक्ति असन्तुलनले सृजना गरेको हिंसा र राज्यको अर्घेल्याइँ लगायतका अनेकौं पक्षसँग जेलिएको छ ।’

यस पुस्तकमा महिला बेचबिखन जस्तो जटिल विषयमा अनुसन्धान गर्ने उपयुक्त विधि पनि सुझाइएको छ, जसले बेचबिखनबाट प्रभावित व्यक्तिहरूलाई केन्द्रमा राखेर समाजशास्त्रीय–महिलावादी बहसको प्राज्ञिक पैरवी गर्छ ।

नेपाली र बेलायती विश्वविद्यालयहरूमा प्राज्ञिक कार्यसमेत गरिसकेकी पौडेलले संयुक्त राष्ट्रसङ्घको वरिष्ठ कर्मचारीको जिम्मेवारीबाट हालै स्वैच्छिक अवकाश लिएर आप्रवासनका अन्तर्राष्ट्रिय अनुसन्धानहरूमा स्वतन्त्र सल्लाहकारका रूपमा योगदान पुऱ्याइरहेकी छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ४ : २५ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा