कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला | Khabarhub Khabarhub

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन् । कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएका दुई मजदुर छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिन्धुलीको गोलाचौर गाउँपालिका–६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी नदीमा मृत भेटिएका हुन् ।

अस्लामी बगनासकाली गाउँपालिका–६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडकखण्डको अस्थायी क्याम्पमा बसेर सोही सडकखण्डमा डोजर अप्रेटरको काम गर्दै आएका थिए ।

उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीसँगै क्याम्पमा सुतेकामा २७ गते बिहान विस्तारामा नभएको र खोजतलास गर्दा पाँच दिनपछि शनिबार राति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार अस्लामीले मोबाईल विस्तारामा नै छोडेर गएको र सिसिटिभी फुटेज हेर्दा राति क्याम्पबाट बाहिर निस्किएको देखिएकाले खोजतलास गर्ने क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला पारिएको हो ।

यस्तै, कालीगण्डकी नदीमै मृत फेला पर्नुभएका रास्कोटी पाल्पास्थित राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा श्रमिकका रूपमा काम गर्दै आएका थिए । उनी नदीको किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

रास्कोटी खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल पानीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मल्लले बताए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : ५० बजे

पियोर इनर्जीको आईपीओ बाँडफाँड 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

नेको इन्सुरेन्सले सात प्रतिशत बोनस दिने 

काठमाडौं– नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट

नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत

सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पूँजीको