लायन्स क्लब्स ३२५ आर नेपालको तेस्रो महाधिवेशन सम्पन्न  | Khabarhub Khabarhub

लायन्स क्लब्स ३२५ आर नेपालको तेस्रो महाधिवेशन सम्पन्न 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको तेस्रो महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ । झण्डै १ हजार ४०० प्रतिनिधिहरूको सहभागिता रहेको यस महाधिवेशनले संस्था भित्रको नेतृत्व विकाससँगै अन्तर्राष्ट्रिय स्तरका प्रतिनिधित्वका लागि महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ ।

महाधिवेशनले सन् २०१५/१६ मा उत्कृष्ट डिस्ट्रिक्ट गभर्नरको रूपमा विश्वभरबाट सम्मानित तथा निजी विद्यालय संगठन प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका लायन डीके ढुङ्गानालाई लायन्स इन्टरनेस्नलका अन्तर्राष्ट्रिय निर्देशक पदका उम्मेदवारका रूपमा सर्वसम्मत ध्वनिमतबाट अनुमोदन गरेको छ ।

महाधिवेशनकै क्रममा लायन वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्वको पनि चयन गरिएको छ । डिस्ट्रिक्ट गभर्नर पदमा लायन नवराज सापकोटा निर्वाचित भएका छन् भने प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन प्रभाकर पण्डित र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन दिपेन्द्र खतिवडा निर्वाचित भएका छन् ।

नव निर्वाचित डिस्ट्रिक्ट गभर्नर सापकोटाले आगामी कार्यकालका लागि लायन डा. गङ्गा सापकोटालाई डिस्ट्रिक्ट सचिव र लायन विकास पौडेललाई डिस्ट्रिक्ट कोषाध्यक्षका रूपमा मनोनयन गरेका हुन् ।

कार्यक्रम लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर का डिस्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा लायन्स अन्तर्राष्ट्रियका पूर्व निर्देशक लायन सञ्जय खेतानको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : २० बजे

आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत

काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध

चैत्र १५ को घटनामा पक्राउ परेकालाई रिहा गर्न माग

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौंमा

आगामी बजेटबारे अर्थमन्त्री – ‘खाल्डो पुर्न खोज्दैछु, साथ चाहियो’

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

पाँचथर पुगेर प्रचण्डले भने : मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ

पाँचथर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा