मीन भवनमा कन्दमूल एग्रो एण्ड फार्म, स्थानीय उत्पादन प्रवर्द्धन गर्ने योजना « Khabarhub

मीन भवनमा कन्दमूल एग्रो एण्ड फार्म, स्थानीय उत्पादन प्रवर्द्धन गर्ने योजना


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको मीन भवनमा कन्दमुल एग्रो एण्ड फार्म खुलेको छ।

बुधबार फार्मको उद्घाटनका क्रममा नेपाली बजारमा स्थानीय उत्पादनको प्रोत्साहन र प्रचार गर्ने उद्देश्यमा आधारित आफ्ना योजना सार्वजनिक गरिएको छ ।

परम्परा र प्रविधिको समिश्रण कन्दमूलले नेपाली माटोमा उब्जिएका ताजा, गुणस्तरीय ,प्राकृतिक तथा हस्तनिर्मित उत्पादनलाई हरेक नेपालीको घरसम्म पुर्‍याउने अभियानका रूपमा फार्म खोलिएको सञ्चालकले बताएका छन् ।

उद्घाटन समारोहमा फार्मका प्रबन्ध निर्देशक एन्जिला भट्टराईले नेपालका किसान र उद्यमीलाई सहयोग गर्दै अघि बढ्ने बताइन् ।

उनले स्थानीय किसान र उत्पादकसँग मिलेर दिगो कृषि र क्षेत्रीय अर्थतन्त्रलाई प्रोत्साहित गर्ने योजना सुनाइन्।

सामानहरू होम डेलिभरी पनि गर्ने उनले बताइन्। कन्दमूलले नेपाली परम्परा, स्वाद र स्वास्थ्यको संरक्षणका लागि कदम चालेको उनले बताइन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : ०६ बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो