दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा « Khabarhub

दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बैतडी– दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन प्रारम्भ गरेको छ । मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौँ, वीरेन्द्र मावि शाहीलेक, कुलौन मावि खतेडी र केदार नागार्जुन मावि बग्लेखानमा आयुर्वेद पढाउन थालिएको हो । 

यो वर्ष आयुर्वेद पढाउन पाँचवटा विद्यालय छनोट गरिएका र ती विद्यालयका विद्यार्थीलाई आयुर्वेदको महत्वका बारेमा जानकारी दिने गरिएको नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीले बताए । 

उनले भने, ‘कार्यक्रम सञ्चालन भएका विद्यालयका विद्यार्थीलाई जडीबुटी र तिनीहरुको प्रयोगका बारेमा जानकारी दिने गरिन्छ । स्थानीयस्तरमा पाइने जडीबुटीको संरक्षणबारे पनि बालबालिकालाई प्रशिक्षण दिने गरिएको छ ।’

यसअघि पाँचवटै विद्यालय आयुर्वेद तथा योगका शिक्षकलाई तालिम दिइएको थियो । उनीहरूबाट ती विद्यालयमा आयुर्वेद र योगका  नियमित कक्षा सञ्चालन हुँदै आएका छन् । 

विद्यालयमा आयुर्वेद तथा योग शिक्षाअन्तर्गत बालबालिकालाई विभिन्न योगासनका बारेमा समेत जानकारी गराउने गरिएको छ । यसले स्वस्थ जीवनशैली अपनाउन सहज हुने अपेक्षा गरिएको छ ।  

योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीलाई आयुर्वेद कार्यक्रममार्फत जानकारी दिने गरिएको आयुर्वेद औषधालय मुस्याचौरका प्रमुख राजेन्द्रकान्त दयालले बताए। विद्यार्थीलाई योग शिक्षाको महत्वका विषयमा जानकारी गराइएको छ । 

आयुर्वेदिक औषधि, योग र यसले जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा ज्ञान दिन विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताए। 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १० : ०३ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन