नेविसंघद्वारा सीटीईभीटीको नयाँ भर्ना निर्देशिका जलाइयो « Khabarhub

नेविसंघद्वारा सीटीईभीटीको नयाँ भर्ना निर्देशिका जलाइयो


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) द्वारा जारी गरिएको नयाँ भर्ना निर्देशिका जलाएको छ।

नेविसंघका प्रतिनिधिहरूले सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईको उपस्थितिमा निर्देशिकामा गरिएको नयाँ व्यवस्थाको विरोध गर्दै जलाएका हुन् । उनीहरूले प्रवेश परीक्षाको प्रावधान हटाएर जीपीएको आधारमा मात्र विद्यार्थी भर्ना गर्ने नयाँ व्यवस्था स्वीकार्य नभएको बताएका छन् ।

सीटीईभीटीको नयाँ व्यवस्थाले मेरिट आधारित प्रणालीको खारेजी र योग्य विद्यार्थी अवसरबाट वञ्चित हुने खतरा उत्पन्न गरेको नेविसंघको ठहर छ । ‘प्रवेश परीक्षा शिक्षाको स्तरीयताको एउटा आधार हो । यसलाई हटाउनु भनेको शिक्षा प्रणालीमै राजनीतिक हस्तक्षेप गर्ने प्रयास हो,’ नेविसंघका एक प्रतिनिधिले भने ।

सीटीईभीटीले भने नयाँ निर्देशिका सबै वर्गका विद्यार्थीको पहुँच सहज बनाउन बनाइएको बताउँदै यसले शिक्षा प्रणालीलाई समावेशी र पहुँचयोग्य बनाउने दाबी गरेको छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १२ : ३७ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन