लिङ्देनको आरोप- संविधानको उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोज्यो « Khabarhub

लिङ्देनको आरोप- संविधानको उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोज्यो


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै लिङदेनले संविधानको समेत उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले फरक विचार भएकै कारणले रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई अपमानपूर्ण ढंगले थुनामा राखिएको भन्दै आपत्ति जनाए । 

त्यस्तै लिङ्देनले राप्रपा सम्बद्ध युवा प्रजातान्त्रिक संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको र सरकार निषेधमा उत्रिएको उल्लेख गरे ।

फरक बिचार राखेकै आधारमा निषेध गर्दै लैजाने औपचारिक नीति सरकारको हो भने आफूहरू विद्रोहमा जाने उनले बताए । 

उनले सरकारको कदम मानवअधिकार र संविधान विरुद्धका साथै प्रजातान्त्रिक हक अधिकारको विरुद्ध रहेको जिकिर गर्दै घोर भर्त्सना गरे ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १२ : ५४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार