बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत् छन्, समितिको नेतृत्व मात्रै हेरफेर « Khabarhub

बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत् छन्, समितिको नेतृत्व मात्रै हेरफेर


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रवक्तामा नवीन मानन्धर यथावत् रहेको जनाएको छ ।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरू फेरे पनि प्रवक्ता यथावत रहेकाे उनको सचिवालयले जनाएको छ ।

जसमा सूचना प्रविधि समिति संयोजक नवीन मान्नधरलाई हटाएर बालेनले वीरेन्द्र प्रजापतीलाई जिम्मेवारी दिएका थिए । महानगरमा सामान्यत: सूचना प्रविधि समिति संयोजक नै प्रवक्ता हुने परम्परा छ ।

उक्त समितिको संयोजक फेरिँदा प्रवक्ता फेरिएको चर्चा चलेको थियो । तर, महानगरले प्रवक्तामा मानन्धर यथावत रहेको जनाएको छ ।

महानगरका सहायक प्रवक्ता ध्रव काफ्लेले मानन्धरलाई सूचना प्रविधि समिति संयोजकको जिम्मेवारीबाट हटाइएको तर, प्रवक्ता यथावत रहेको बताए । ‘
उहाँ (मानन्धर) महानगरको प्रवक्तामा यथावत हो’, काफ्लेले भने, ‘सूचना प्रविधि समितिमा वीरेन्द्र प्रजापती आउनु भएको छ ।’

बालेनले सुशासन समितिमा ख्यामराज तिवारीलाई हटाएर दलबहादुर कार्कीलाई जिम्मेवारी दिएका छन् । सम्पदा तथा पर्यटन समितिबाट आशामान संगतलाई हटाएर विनोद कुमार राजभण्डारीलाई ल्याएका छन् ।

त्यस्तै, विधायन समिति संयोजकबाट मचाराजा महर्जनलाई हटाएर रोजिना श्रेष्ठलाई दिएका छन् ।

‘काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको छ’, महानगरले पत्रमा भनेको छ ।

बोलेनका प्रेस संयोजक सुरेनद्र बजगाईंका अनुसार ३ वर्ष पुगेकाले जिम्मेवारी फेरिएको हो । ‘तीन वर्षसम्म उहाँहरूको काम हेरियो’, बजगाईंले भने, ‘नयाँलाई पनि मौका दिन जिम्मेवारी फेरिएको हो ।’

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १ : १५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर