जनकपुर-अयोध्या जोड्न सके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : एनपी साउद   « Khabarhub

जनकपुर-अयोध्या जोड्न सके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : एनपी साउद  


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सकिए लाखौँ भारतीय नागरिकहरू धार्मिक पर्यटकका रूपमा नेपाल आउने बताएका छन् । 

महोत्तरीको जलेश्वरमा शनिबार आयोजित ‘महोत्तरी महात्मा एक दिवसीय वैचारिक, सांस्कृतिक तथा ऐतिहासिक संवाद–विचार उत्सव’मा उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि जनकपुर र अयोध्यालाई जोड्नुपर्ने बताए ।  

‘हामीले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सक्यौँ, ट्रेन चलाउन सक्यौँ भने लाखौँ भारतीयहरू प्रति वर्ष नेपाल आउँछन्,’ नेता साउदले भने, ‘यो पनि धेरै ठूलो कुरा हुन्छ । पशुपति जान्छन् धेरै ठूलो कुरा हुन्छ । त्यस कारण यो ठाउँको धेरै ठूलो महत्व छ ।’ 

नेपाल–भारत मैत्री युवा संघ तथा संवाद फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित एक दिवसीय उत्सवमा उनले पौराणिक पात्र राम–सीता कुनै एउटा भूगोल र धर्मका मात्र नभएका पनि बताए ।  

‘सीता माता–भगवान् राम भनेका एउटा भूगोल, एउटा धर्मका मात्र होइनन् । उनीहरू पुरुषोत्तम हुन्, सम्पूर्ण मानवताका हुन्, मानवताको मुक्तिका संवाहक हुन्,’ नेता साउदले भने । 

पूर्वपरराष्ट्रमन्त्री साउदले पुरुषोत्तम रामले आफ्ना बुवाको आदेशलाई खुसी साथ स्वीकार गरेर १४ वर्ष वनवास जान तयार प्रसङ्ग पनि स्मरण गरे ।  

‘आफ्नी श्रीमती, अर्काकी श्रीमतीलाई कसैले बलपूर्वक खोसेर लग्यो भने महिला सम्मानका लागि, इज्जतका लागि, प्रतिष्ठाका लागि युद्ध हुन सक्छ र युद्ध लडेर पनि प्रतिष्ठाको संरक्षण गर्नु पर्दछ भन्ने मान्यता भगवान् रामले स्थापित गरे,’ उनले महाभारत स्मरण गर्दै भने ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ३ : ०७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि