स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा « Khabarhub

स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद गीता गुरुङको राजीनामा अस्वीकृत भएको छ ।

बेलायतमा बस्दै आएकी गुरुङले गत ३० वैशाखमा बेलायतबाट हस्तलिखित राजीनामा ईमेलमार्फत लुम्बिनी प्रदेश संसद्को सचिवालयमा पठाएकी थिइन् ।

प्रदेशसभा सचिवालयको ईमेलमा गुरुङले हस्तलिखित राजीनामा पठाए पनि प्रक्रिया पूरा नभएको भन्दै सचिवालयले अस्वीकृत गरेको हो ।

प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले गुरुङलाई आफैं उपस्थित भई सनाखत गराउन निर्देशन दिएका छन् ।

यससँगै सांसद गुरुङको राजीनामा तत्काललाई अस्वीकृत भएको हो । अब उनको सांसद पद खाली हुन उनी नै लुम्बिनी आउनुपर्ने भएको छ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि गुरुङको राजीनामा स्वीकृत गराउन भनिरहेको छ ।

सभामुखले गीता आफैँ आएमात्रै राजीनामा स्वीकृत गर्ने नत्र उनलाई पार्टीले कारबाही गरेको निर्णय पेश गर्न भनेका छन् ।

प्रदेशसभा सचिवालयमा गीताले पठाएको राजीनामा पत्र आधिकारिक ईमेलमार्फत प्राप्त नभएको, उनको हस्ताक्षरसमेत नमिलेको बताइएको छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ३ : १० बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा