प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारी छौँ : मुख्यमन्त्री शाह « Khabarhub

प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारी छौँ : मुख्यमन्त्री शाह


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको बताएका छन् । 

शुक्रबार नेपाल नगरपालिका संघले धनगढीमा आयोजना गरेको नगर सुशासन तथा वित्तीय अनुशासन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै प्रक्रिया पूरा गरि स्थानीय सञ्चालन ऐन सम्बन्धी बनेको विधेयक अगाडी बढिसकेको अवस्थामा संसदबाटै पास हुने बताए । 

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेबाट सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । 

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको छ । 

प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल पश्चात आफ्नो प्रतिवेदनसमेत प्रदेश सभामा दर्ता गरिसकेको छ । 

कर्मचारीहरूसँगको बृहत् छलफलबाट उनीहरूको माग तथा वृद्धि विकास हुने गरी प्रदेश सरकारले इमानदारिताका साथ ऐन ल्याउन लागेको मुख्यमन्त्री शाहले बताए । 

उनले तीनै तहको सरकारबीच सहकार्य, समन्वय र सह–अस्तित्वको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : ३७ बजे

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता