वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता « Khabarhub

वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

मन्त्री शाही र सगरमाथा संवादमा सहभागी हुन बिहीबार नेपाल आइपुगेका मन्त्री यादवबीच आज सम्मेलनस्थलमा शिष्टचार भेट भएको वन सचिव डा राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए ।

भेटमा मन्त्री शाहीले नेपाल भारतसँगको वातावरण तथा वन क्षेत्रको सहकार्यलाई साझा उत्तरदायित्व क्षेत्रीय एकता, पारस्परिक सम्मानको भावनामा आधारित रही अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनीहरुबीच संरक्षणका साथै जलवायु परिवर्तन, विपद्, वायु प्रदूषणका समस्या समाधानमा साझेदारी गर्ने सम्बन्धमा छलफल भएको वन सचिव डा मिश्रले जानकारी दिए । 

साथै उनीहरुबीच वन्यजन्तु संरक्षण, प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनजस्ता चुनौतीहरू सीमित भूगोलमा सीमित नरही क्षेत्रीय सहकार्य आवश्यक रहेकाले प्रभावकारी क्षेत्रीय सहकार्य गर्नुपर्ने सम्बन्धमा छलफल भएको थियो ।     
 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ५ : ३६ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक