काठमाडौंमा कारको ठक्करबाट बालकको मृत्यु « Khabarhub

काठमाडौंमा कारको ठक्करबाट बालकको मृत्यु


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–३१ कात्यायनी चोकमा कारले ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ ।

कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बाप्र०१–०३१च ९५६३ नम्बरको कारको ठक्करबाट सोही ठाउँमा डेरा गरी बस्ने भारत सितामढीका आलोककुमार झाका तीन वर्षीय छोरा शिवांश झाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते बालकको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए  ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए । 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : २९ बजे

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा