‘द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ’ « Khabarhub

‘द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ’


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिसुरक्षा र मानवीय सहायता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

जर्मनीको बर्लिनमा आयोजित संयुक्त राष्ट्रसङ्घ शान्ति सैनिक खटाउने ८० भन्दा बढी देशका रक्षा तथा परराष्ट्रमन्त्री सहभागिता रहेको सम्मेलनमा उनले त्यस क्रममा नेपाली शान्ति सैनिकहरूले उल्लेखनीय योगदान पुर्‍याएको कुरा बताए ।

मन्त्री राईले भने, ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता छ, हाल विभिन्न ११ वटा शान्ति मिसनमा छ हजारभन्दा बढी शान्ति सैनिकहरू पठाइ शान्ति सेना खटाउने मुलुकमा नेपाल अहिले पहिलो स्थानमा छ ।’

उनले संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले सन् १९५८ देखि नै विनाशर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको अनुरोधमा नेपाल आगामी दिनमा दश हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गरे ।
 
नेपाल द्रुत तैनाथी कार्यशाला आयोजना गर्नसमेत तयार रहेको बताउँदै मन्त्री राईले द्वन्द्वग्रस्त मुलुकहरूमा यौन शोषण र दुर्व्यवहारमा परेका पीडितहरूका लागि सहयोग गर्न नेपालले संयुक्त राष्ट्रसङ्घको ट्रष्ट फन्डमा १६ हजार अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
 
रक्षामन्त्री राईले शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमासमेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा राखेको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।

हाल शान्ति स्थापनाको सुधार र सवलीकरणका लागि भइरहेका प्रयासको सराहना गर्दै उनले शान्ति स्थापना कार्यमा खटिने मिसनमा महिलालाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिएको स्पष्ट पारे ।

सम्मेलनका अवसरमा मन्त्रीले मानव अधिकारका लागि उच्च आयुक्त कार्यालयका सहायक महासचिव इल्जे ब्राण्डस् केहरिससँग भेट गरेको पनि प्रवक्ता आचार्यले जानकारी दिए ।

त्यस अवसरमा मन्त्री राईले अन्तर्राष्ट्रिय मानव अधिकार र कानुनलाई आफू संलग्न सबै शान्ति स्थापना कार्यमा पूर्ण रूपमा पालन गर्न नेपाल प्रतिबद्ध रहेको बताए । सहायक महासचिव केहरिसले नेपालले नमुनाका रूपमा काम गर्नसक्ने सम्भाव्यता रहेको बताएका थिए  ।

यसैगरी, रक्षामन्त्री र चीनका रक्षामन्त्री दोङ जुनबीच भएको भेटवार्तामा दुवै मुलुकका साझा सरोकारका विषयलगायत द्विपक्षीय हितका विषयमा छलफल भएको पनि रक्षा मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा जर्मनीका लागि नेपालका राजदूत डा शैल रूपाखेती, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय तथा नेपाली सेनाका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ ।     

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : ४७ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक