रवीन्द्र मिश्रले भने- मविरुद्ध राज्य नै लाग्यो, हाजिरी जमानीमा छुट्दैमा खुसी छैन « Khabarhub

रवीन्द्र मिश्रले भने- मविरुद्ध राज्य नै लाग्यो, हाजिरी जमानीमा छुट्दैमा खुसी छैन


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको ४९ औँ दिनमा रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतले बिहीबार अपरान्ह थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनवाइ सकिएपछि यस्तो आदेश भएको उपरजिष्ट्रार निराजन पाण्डेले बताएका छन् ।

सर्वोच्चको आदेशअनुसार पक्राउ परेको ४९ औँ दिनमा छुट्दै गर्दा मिश्रले सर्वोच्च परिसरमा चैत १५ गतेको घटनामा ज्यान गुमाउनेलाई श्रद्धाञ्जली दिए ।

‘त्यो सोचेको कुरा पनि होइन, ममाथि आरोप लगाएको जस्तो पनि होइन । ठूलो आन्दोलन भएपछि आयोजक र सरकारको नियन्त्रणमा हुँदैन’, उनले भने, ‘मैले त बारम्बार शान्तिपूर्ण संक्रमणमार्फत् नवीन समझदारीमा जाऊँ भनेको थिएँ ।’

उनले आफू अहिले हाजिरी जमानीमा छुटेकाले खुसी हुनुपर्ने अवस्था नरहेको बताए । ‘म खाली हाजिरी जमानीमा छुटेको हुँ । म खुसी हुने पक्षमा छैन’, उनले भने, ‘राज्य मविरुद्ध लागेको छ । यो राजनीतिक हुकुम प्रमाङ्गी प्रयोग गरिएको हो भनेर मेरो पक्षमा बहस गर्ने अधिवक्ताहरूले पनि भन्नु भयो ।’

उनले अहिलेसम्म पार्टी र पार्टीभन्दा बाहिर रहेका विदेशमा रहेका शुभेच्छुकले विश्वास गरेर रवीन्द्र मिश्रबाट यस्तो हुन सक्दैन भनेकोमा पनि आभार व्यक्त गरे ।

‘राजनीतिक रुपमा राजसंस्था पुनर्स्थापनका लागि काम गरेकै हो, मैले राजनीतिक उपद्रो गरेको छैन’, उनले भने, ‘मैले बन्दी प्रत्यक्षीकरणलाई सहज रुपमा लिएको भए सुरूमै सर्वोच्च अदालतमा आउँथे । सघाउँछु भनेर सघाएकै हो तर राज्य फसाउन लागेपछि ४७ औँ दिनमा बन्दी प्रत्यक्षीकरण रिट हालेको हो ।’

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : ५५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार