बिजुली गएपछि मोबाइलको लाइट बालेर सिंहदरबारमा बैठक « Khabarhub

बिजुली गएपछि मोबाइलको लाइट बालेर सिंहदरबारमा बैठक


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यका र तराई मधेशका क्षेत्रमा व्यापकमात्रामा हावाहुरी र चट्याङसहितको वर्षाको प्रभाव शुक्रबार साँझ सिंहदरबारमा पनि देखिएको छ ।

बिहीबारदेखि नै बिजुली अनियमित भएको अवस्थामा शुक्रबार सिंहदरबारभित्र पनि बत्ती जाँदा मोबाइल बालेर बैठक गर्नु परेको छ।

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र संघीय संसद्को शिक्षा उपसमिति बैठक भइरहँदा अचानक बिजुली गयो । त्यसपछि सांसदहरूले बैठक कक्ष उज्यालो बनाउन मोबाइल फोनको लाइटको सहारा लिए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मोबाइल बालेर बैठक गरेको तस्बिर सार्वजनिक गरेकी छन् । बिजुली गएपछि समितिको बैठक मोबाइल बालेर नै चलाइएको छ ।

शिक्षा समितिले सांसद छविलाल विश्वकर्माको नेतृत्वमा बनाएको उपसमितिमा शिक्षा विधेयकमाथि छलफल हुँदैछ । एक महिना लामो शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई यही बजेट अधिवेशनमा पारित गर्ने बताइसकेको छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ८ : १२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि