नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ « Khabarhub

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ


२ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु २१ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभा धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए ।

निजले गत मङ्सिर ८ गते जिल्ला धनकुटा नगरपालिका–४ घर भई हाल भक्तपुर मध्यपुरथिमी–६ बस्ने ३९ वर्षीय प्रेमकुमार विकलाई नगद रु १० लाख र गत चैत ११ गते सुनसरी बराहक्षेत्र नगरपालिका–१ घर भई हाल जिल्ला काठमाडौँ न्युरोड बस्ने २४ वर्षीय राजकुमार विकलाई रु ११ लाख ८५ हजार ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको सूचना अधिकारी बोहोराले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  १० : ४२ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार