सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी « Khabarhub

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक भइरहेको समयमा इरानले पनि धेरै इजरायलीलाई आफ्नो स्थान छाड्न भनेको छ।

इजरायली सैन्य संरचनाको नजिक रहेका इजरायलीलाई त्यस स्थान छाडेर अन्यत्र सर्न भनेको हो।

कर्णेल रोजा सायदले इरानले प्रहार गर्ने मिसाइल लक्ष्य भन्दा केही पर खसे पनि असर नगर्ने गरी आफूलाई सुरक्षित राख्न इजरायली सर्व साधारणलाई भनेका हुन्।

उनले इरानी सेनाले इजरायलमा प्रहार गर्ने डेटा नै तयार भएका कारण त्यस्ता स्थानमा कसैलाई पनि असुरक्षित रूपले बाहिर नहिँड्न पनि सूचित गरेका छन्। उनले अहिले नै इरानले इजरायलको सैन्य संरचनामा सफलतापूर्वक आक्रमण गरेको बताएका छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ३८ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत