रास्वपाका नेताहरूसँग सभामुखको आग्रह : ‘संसदलाई बन्धक नबनाऔँ’ « Khabarhub

रास्वपाका नेताहरूसँग सभामुखको आग्रह : ‘संसदलाई बन्धक नबनाऔँ’


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।

सभामुखको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा संसदको अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।

सभामुखले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भएको उल्लेख गर्दै बजेटबारे ब्यापक छलफल गर्नुपर्ने समयमा संसद अवरुद्ध हुँदा जनतामा गलत सन्देश जाने भन्दै यसबारेमा विचार गर्न आग्रह गरेका थिए । 

उनले भने, ‘विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन । संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नै पर्दछ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ ।’

उनले सरकारसँग संवादका लागि आवश्यक सहजीकरणका लागि आफू तयार रहेको भन्दै गम्भीर भइदिन आग्रह गरे ।

रास्वपा नेताहरूले भने आफ्ना माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अवरोध बाध्यात्मक भएको बताएका थिए । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको उनीहरूको जवाफ थियो । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : २७ बजे

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ