राप्रपाले संसद बहिष्कार गरेको दिनको भत्ता नलिने « Khabarhub

राप्रपाले संसद बहिष्कार गरेको दिनको भत्ता नलिने


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बहिष्कार गरेको असार १ गतेको संसद भत्ता नलिने निर्णय गरेको छ ।

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै असार १ गते आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरिएकाले उक्त दिनको भत्ता अस्वीकृत गरिएकाले राजश्वमा फिर्ता गरिदिन आग्रह गरेका छन् ।

भिजिट भिसा प्रकरणमा प्रतिपक्षीको विरोधका बावजुत बैठक सञ्चालन गरिएको भन्दै राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो । 

राप्रपाले पत्रमा भनेको छ, ‘उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८२ असार १ गतेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको व्यहोरा यसै पत्रमार्फत जानकारी गराउँदछौँ ।’

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : ५७ बजे

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ