राप्रपाले संसद बहिष्कार गरेको दिनको भत्ता नलिने « Khabarhub

राप्रपाले संसद बहिष्कार गरेको दिनको भत्ता नलिने


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बहिष्कार गरेको असार १ गतेको संसद भत्ता नलिने निर्णय गरेको छ ।

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै असार १ गते आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरिएकाले उक्त दिनको भत्ता अस्वीकृत गरिएकाले राजश्वमा फिर्ता गरिदिन आग्रह गरेका छन् ।

भिजिट भिसा प्रकरणमा प्रतिपक्षीको विरोधका बावजुत बैठक सञ्चालन गरिएको भन्दै राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो । 

राप्रपाले पत्रमा भनेको छ, ‘उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८२ असार १ गतेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको व्यहोरा यसै पत्रमार्फत जानकारी गराउँदछौँ ।’

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : ५७ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले