दलका प्रमुख सचेतकसँग सभामुखको छलफल « Khabarhub

दलका प्रमुख सचेतकसँग सभामुखको छलफल


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा जारी अवरोध समाधानका लागि सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् ।

सभामुखले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सत्तापक्षीय र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

छलफलमा सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

यस्तै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् । छलफलमा उपसभामुख इन्दिरा राना पनि उपस्थिति छिन् ।

सभामुखले संसदमा जारी अवरोधबारे सोमबार बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १२ : ०९ बजे

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला