पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड « Khabarhub

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । 

 नेपाल पर्यटन बोर्ड र महिला पर्यटन व्यवसायी  सञ्जालको संयुक्त आयोजनामा भएको व्यवसायीहरूको क्षमता तथा व्यवसाय प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमका वक्ताहरूले आयआर्जन, रोजगारी सिर्जना र आर्थिक सबलीकरणका लागि पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्ने धारणा राखेका छन् । 

सञ्जालकी अध्यक्ष निर्मला धमलाको सभापतित्वमा भएको सो समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घकी  पूर्वअध्यक्ष  भवानी राणा, महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा  ज्ञवाली, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिं  ऐर, नेपाल ट्रेकिङ् एजेन्ट्स् एसोसिएसनका अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष  ठाकुर  पाण्डे,  नाट्टाका वरिष्ठ उपाध्यक्ष जिसुवा तुलाधारलगायतले पर्यटन व्यवसायका विभिन्न क्षेत्रहरूमा महिलाले विशिष्ट योगदान दिनसक्ने हुँदा आनीहरूलाई यसतर्फ आकर्षित गराउन सरकार र निजी क्षेत्रबाट ठोस योजना र कार्यक्रम ल्याउनु पर्दछ भनिन्। 

तीन दिनसम्म सञ्चालन गरिएको सो प्रशिक्षणमा पर्यटनमा महिलाहरू संलग्न हुनसक्ने क्षेत्रहरूको पहिचान, कम्पनी सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया, कर प्रणालीलगायतका विषयमा छलफल भएको  सञ्जालकी  उपाध्यक्ष जया बरालले जानकारी दिए । प्रशिक्षणमा विभिन्न सङ्घसंस्थामा संलग्न ५५ जना महिलाको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै