अर्थसंक्षेप : संसदमा बजेटबारे छलफल, सुन व्यवसायीको आन्दोलन जारी, झिनो अंकले बढ्यो नेप्से र इरानमा नयाँ अर्थमन्त्री | Khabarhub Khabarhub

अर्थसंक्षेप : संसदमा बजेटबारे छलफल, सुन व्यवसायीको आन्दोलन जारी, झिनो अंकले बढ्यो नेप्से र इरानमा नयाँ अर्थमन्त्री


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

मूल्य अभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

नेपाल रत्न तथा आभूषण सङ्घले हीरा तथा बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) र सुनमा विलासिता कर लगाउँदा व्यवसाय प्रभावित हुने जनाउँदै त्यसमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा दुई प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेकामा त्यसबाट आफूहरूको व्यवसाय बन्द हुनसक्ने भएकाले पुनर्विचार हुन जरुरी भएको जनाएको हो ।

सुन-हिरामा लगाइएको करविरुद्ध व्यवसायीको आपत्ति, २५ लाख व्यक्ति प्रभावित हुने 

उत्पादकत्व वृद्धि गरेर अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ : मन्त्री भण्डारी

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेपनि नेप्से भने २.८० अंकले मात्रै बढेको हो ।

सोमबार नेप्सेमा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ रुपैयाँको कारोबार हुँदा नेप्से २६५८.६६ अंकमा पुगेको छ । सोमबार नेप्सेमा शेयर कारोबार हुँदा १२४ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने १२४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो ।

अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छ : सांसद गिरी

कोशीको बजेट यथार्थपरक र सन्तुलित छ : मन्त्री मगर

संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बजेटको घोषण मात्रैले नपुग्ने र त्यसको प्राण कार्यान्वयनमा रहने कुरामा सरकार स्पष्ट रहेको बताए ।

बजेटको कार्यान्वयनमा सम्बद्ध मन्त्रालय र आयोजना प्रमुखहरूलाई जबाफदेही बनाइने उनले बताए ।

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ’

बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेका छन् : सांसद कार्की

विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले पसल बन्द गरेर सोमबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

इरानको नयाँ अर्थमन्त्रीमा अली मदनी नियुक्त

बढ्दो मुद्रास्फिति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग जुध्न मन्त्री परिषद्ले नियुक्त गरिएका अली मदनी जादेहलाई सोमबार नयाँ अर्थमन्त्रीका रूपमा अनुमोदन गरेको छ ।

इरानका पूर्ववर्ती अब्दोलनासेर हेम्मातीलाई आर्थिक समस्या समाधान गर्न असफल भएको भन्दै अविश्वासको प्रस्तावमा सत्ताच्युत गरिएको केही महिनापछि ४३ वर्षीय मदनीजादेहलाई इरानको अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ०६ बजे

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

काठमाडौं – इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार