विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत | Khabarhub Khabarhub

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । 

‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले दिनभर सदनमा नाराबाजी र ‘वेल’ घेराउ गरे पनि बैठक सञ्चालन भएको थियो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेस गरेका थिए ।

 त्यसअघि बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसद दामोदर पौडेलले निर्वाचनका बेला मतदातासमक्ष गरिएका  वाचाअनुसार विकास–निर्माणका काम गर्न नसकिएको बताए। 

नेपाल कम्युनिष्ट पार्टी (एस)का मेटमणि चौधरीले सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको विनियोजन विधेयक कुन क्षेत्रमा कति बजेट छुट्याउँदा मुलुकको गार्हस्थ्य उत्पादन बढ्छ, अर्थतन्त्रको आकार बढ्छ र उच्च अंकको आर्थिक वृद्धिदर हासिल हुन्छ भन्ने स्पष्ट नभएको बताए। 

नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितराज पाण्डेले सङ्घीयताको मर्मअनुसार वित्त हस्तान्तरण हुन नसकेको बताए। वित्तीय समानीकरण अनुदान बढाएर सशर्त अनुदानको हिस्सा घटाउँदै जानुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनले बताए। 

सोही पार्टीका रामकुमार राईले मुलुकभित्र पर्याप्त सङ्ख्यामा रोजगारी सिर्जना गर्न उद्योग, कृषिलगायत क्षेत्रलाई बजेटले प्राथमिकतामा राख्न नसकेको बताए।
सोही पार्टीका छिरिङडम्डुल लामाले कर्णाली प्रदेश र हुम्ला जिल्लालाई बजेटमार्फत विकासमा सरकारले  विभेद गरेको आरोप लगाए।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ३ गते मंगलबार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ०५ बजे

रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू) 

काठमाडौं– दशैं सम्पूर्ण नेपालीहरूको लागि विशेष पर्व हो । आफन्त,

सरकारी दबाबबीच एल साल्भाडोरको पत्रकार सङ्घ देशबाहिर सर्न बाध्य

एजेन्सी – एल साल्भाडोरको पत्रकार सङ्घले यस वर्ष लागू गरिएको

बडादसैँले राष्ट्रिय एकतालाई सबल बनाउँछ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा

यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू) 

बर्दिया– बर्दियाको थारू समुदायमा टिका र मकैको जमरा लगाएर हर्षउल्लासका

उपत्यकाका सडक सुनसान

काठमाडौं– विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् ।