भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्छ : प्रधानमन्त्री मोदी « Khabarhub

भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्छ : प्रधानमन्त्री मोदी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बताएका छन् । साइप्रस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भारतले चाँडै तेस्रो ठूलो अर्थतन्त्र बन्ने विश्वास व्यक्त गरेका हुन् ।

व्यवसायिक प्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको आर्थिक विकासबाट साइप्रसका व्यवसायीका लागि पनि लगानीको अवसर मिल्ने जनाए । उक्त व्यवसायिक प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेस पनि सहभागी रहेको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले उल्लेख गरेको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो मुलुकमा आर्थिक विकासलाई तीव्र गतिमा अघि बढाउनका लागि वस्तु तथा सेवा कर, कर्पोरेट करलगायत कर प्रणालीमा सुधार गरिएको बताए । उनले नागरिक उड्डयन, बन्दरगाह, पानीजहाज निर्माण, डिजिटल भुक्तानीजस्ता क्षेत्रमा हाल भारतले विशेष भ्यान दिइरहेको उल्लेख गरे ।

जी ७ को शिखर सम्मेलनका लागि क्यानाडा जानुअघि प्रधानमन्त्री मोदी साइप्रस पुगेका हुन् । कुनै पनि भारतीय प्रधानमन्त्रीले साइप्रसको भ्रमण गरेको २३ वर्षमा यो पहिलो पटक हो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : २२ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६