भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्छ : प्रधानमन्त्री मोदी « Khabarhub

भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्छ : प्रधानमन्त्री मोदी


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बताएका छन् । साइप्रस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भारतले चाँडै तेस्रो ठूलो अर्थतन्त्र बन्ने विश्वास व्यक्त गरेका हुन् ।

व्यवसायिक प्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको आर्थिक विकासबाट साइप्रसका व्यवसायीका लागि पनि लगानीको अवसर मिल्ने जनाए । उक्त व्यवसायिक प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेस पनि सहभागी रहेको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले उल्लेख गरेको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो मुलुकमा आर्थिक विकासलाई तीव्र गतिमा अघि बढाउनका लागि वस्तु तथा सेवा कर, कर्पोरेट करलगायत कर प्रणालीमा सुधार गरिएको बताए । उनले नागरिक उड्डयन, बन्दरगाह, पानीजहाज निर्माण, डिजिटल भुक्तानीजस्ता क्षेत्रमा हाल भारतले विशेष भ्यान दिइरहेको उल्लेख गरे ।

जी ७ को शिखर सम्मेलनका लागि क्यानाडा जानुअघि प्रधानमन्त्री मोदी साइप्रस पुगेका हुन् । कुनै पनि भारतीय प्रधानमन्त्रीले साइप्रसको भ्रमण गरेको २३ वर्षमा यो पहिलो पटक हो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : २२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल