उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो « Khabarhub

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ ।

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नम्बर १ गाभर र वडा नम्बर ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो ।

आयोजनाको काम ६ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारआयोजनाका प्रमुख रवि चौधरीले बताए । वीरेन्द्रनगर नगरपालिका– ११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ ।

हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । सत्तरी करोड लागतको उक्त आयोजनाअन्तर्गत  धमाधम रूख कटान भइरहेको छ ।

हालसम्म पाँच हजार रूख काटिएका छन् भने अझै पाँच हजार पाँच सय रूख काट्नुपर्नेछ । आयोजना प्रमुख चौधरीका अनुसार एक सय ५६ फाउन्डेसन निर्माण गरिएको छ भने अब छवटा फाउन्डेसन निर्माण गरिने छन् । हालसम्म ४० किलोमिटर तार तानिएको छ । अब १२ किलोमिटर तार तान्न बाँकी छ । (रासस)

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ११ : ५२ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित