पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने बेलायतको निर्णय « Khabarhub

पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने बेलायतको निर्णय


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

एजेनसी – बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।

सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि पाकिस्तानी वायुसेवामाथि बेलायतले प्रतिबन्ध लगाएको थियो । 

चालक र एयर ट्राफिक कन्ट्रोलले गरेको मानवीय त्रुटिका कारण यो दुर्घटना भएको र त्यसपछि चालकका लागि लगभग एक तिहाइ लाइसेन्स नक्कली वा शंकास्पद भएको आरोप लागेको थियो । इस्लामावादस्थित बेलायती उच्चायोगका अनुसार बेलायतको हवाई सुरक्षा समितिले पाकिस्तानमा हवाई सुरक्षामा सुधार भएपछि प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

‘यो स्वतन्त्र र प्राविधिक रूपमा सञ्चालित प्रक्रियाको आधारमा यसले पाकिस्तान र यसका हवाई वाहकहरूलाई ‘बेलायतको हवाई सुरक्षा सूची’बाट हटाउने निर्णय गरेको छ,’ एक विज्ञप्तिमा भनिएको छ ।

युरोपेली नियामकहरूले पीआईएमाथिको चार वर्षको प्रतिबन्ध हटाएपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले जनवरीदेखि युरोपमा उडान पुनः सुरु गरेपछि यो कदम चालिएको हो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रतिबन्ध फुकुवा हुनुलाई ‘देशको लागि महत्वपूर्ण कोसेढुङ्गा’ भनेका छन् । 

‘बेलायतले पाकिस्तानी उडानमा लगाएको प्रतिबन्ध हटाउनु बेलायतमा रहेका पाकिस्तानीहरूका लागि राहतको स्रोत हो,’ उनले एक विज्ञप्तिमा भनेका छन् । 

पीआईएले इस्लामाबादबाट म्यानचेस्टरका लागि पहिलो उडानसँगै ‘सकेसम्म छोटो समयमा’ बेलायतका लागि सेवा पुनः सुरु गर्ने जनाएको छ ।
उड्डयन मन्त्री ख्वाजा आसिफले प्रतिबन्धका कारण पीआईए घाटा भएको स्वीकारे ।  

इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पाकिस्तानी एयरलाइन्समा फेरि एकपटक विश्वास बहाल भइरहेको छ ।’
 
करिब सात हजार जनालाई रोजगारी दिने पीआईएमाथि लामो समयदेखि बिल नतिरेको, कमजोर सुरक्षा रेकर्ड र नियामकीय समस्या रहेको र सेवा सञ्चालन रेकर्ड राम्रो नदेखिएको आरोप लाग्दै आएको छ ।

पाकिस्तान सरकारले ऋणमा डुबेको एयरलाइन्सलाई निजीकरण गर्न प्रतिबद्ध रहेको बताएको छ र क्रेता खोज्न कोसिस गरिरहेको छ ।

सन् २०२४ मा एक सम्भावित क्रेताले माग मूल्यको एक अंश मात्र दिने प्रस्ताव गरेपछि एउटा सम्भावित सम्झौता असफल भएको थियो । पीआईए सन् १९५५ मा अस्तित्वमा आएको थियो भने सन् १९९० को दशकसम्म तीव्र नाफामा थियो । 
 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ४ : २३ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर