सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ « Khabarhub

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी उद्योग वाणिज्य संघको चुनावमा नेकपा एमालेलाई झट्का लागेको छ । मंगलबार साँझ पाँच बजे संघको कार्यालयमा सम्पन्न मत गणनाको अन्तिम नतिजाले एमालेलाई झट्का लागेको हो । 

एमालेले आधिकारिक उम्मेदवारको रूपमा समर्थन गरेको शिवराज श्रेष्ठलाई दोब्बर मतले हराउँदै एमालेकै संगठनकै उम्मेदवार गोपाल श्रेष्ठ संघको निर्वाचनमा विजयी मात्र भएनन् उनको प्यानलै विजयी भएपछि एमालेलाई झट्का लाग्नु स्वाभाविक भएको छ । एसोसिएट तर्फको दुई उम्मेदवार बाहेक गोपाल श्रेष्ठको प्यानलै विजयी बनेको थियो ।

व्यापक तामझामका साथ गत सोमबार सुनसरी भरीका उद्योगी, व्यवसायी, व्यापारीका साझा संस्था सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन भएको थियो ।

निर्वाचनमा होटल व्यवसायी समेत रहेका एमाले धरान नगर कमिटीका आर्थिक संयोजक शिवराज श्रेष्ठलाई एमालेले आधिकारिक उम्मेदवार तोकेर समर्थन जनाएको थियो । 

शिवराजको प्रतिद्वन्द्वी एमालेकै गोपाल श्रेष्ठले उम्मेदवारी दिएका थिए । विजयी श्रेष्ठ संघका कोषाध्यक्ष थिए । उनी पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको केन्द्रीय सदस्य र कोशी पेट्रोलियम डिलरका सदस्य समेत हुन् । 

उनलाई संघका पूर्व अध्यक्षहरू, एमाले, कांग्रेस र माओवादी समर्थित मतदाताहरूले साझा उम्मेदवार बनाएका थिए । 

विजयी श्रेष्ठले १ हजार ६ सय ५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६ सय ४७ मत प्राप्त गरेका थिए ।अर्थात् गोपाल श्रेष्ठले ९ सय ५८ मतको फराकिलो मतान्तरले जितेका थिए । 

सङ्घको यसपालिको चुनावी नतिजा एमालेको लागि ‘दुवै हातमा लड्डु’ हुँदा हुँदै पार्टी एक पक्षीय बनेपछि प्रतिष्ठाको विषय बनेको थियो । एमालेको लागि प्रतिष्ठाको चिट्ठा बनेको संघको चुनावमा पार्टीले तोकेको उम्मेदवार पराजित भएपछि एमालेमा विभूषणको खोजी सुरु भएको छ ।

कुल २ हजार ९ सय ७ मतदाता मध्ये यसपालिको निर्वाचनमा ८० दशमलव ४९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र शर्माले बताए  ।  कुल मत मध्ये २ हजार ३ सय ४० मत खसेको थियो ।

ती मध्ये वाणिज्य तर्फ १ हजार ३ सय ९९, उद्योग तर्फ ७ सय ८७ मत, एशोसिएट तर्फ १ सय ३३ र बस्तुगत तर्फ २१ मत रहेको थियो । निर्वाचनमा उद्योग सदस्य तर्फ कृष्ण प्रसाद पाठक, प्रभाव खतिवडा, विष्णु बराल, महेन्द्र प्रधान विजयी भए ।

वाणिज्य महिला तर्फ वर्षा अग्रवाल श्रेष्ठ विजयी भइन् । यसै गरी वाणिज्य सदस्य तर्फ अमित अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राज भण्डारी, राम स्वरूप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेस कुमार आचार्य (प्रमोद) विजयी भए ।

सोसिएट तर्फ शिवराज श्रेष्ठ प्यानलका राजु साह, राजेश अग्रवाल र गोपाल श्रेष्ठको प्यानलका  ललित अग्रवाल विजयी भए । उद्योग महिला तर्फ मिना राई (मगर) र बस्तुगततर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ५२ बजे

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम

सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको