मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक | Khabarhub Khabarhub

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्नुमा स्थानीय प्रशासनले रोक लगाएको छ । मार्फास्थित राजखोला छेउका सार्वजनिक जग्गामा स्याउ बिरुवा रोप्र्दै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको हो ।

मार्फास्थित राजखोलामा खोला अतिक्रमण गरी स्याउखेती सुरू गर्न थालिएको समाचार स्थानीय सञ्चार माध्यमबाट प्रशारण भएको र केही व्यक्तिबाट गोप्य उजुरी परेकाले रोक लगाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

मुस्ताङका प्रजिअ भुसालले त्यहाँको सार्वजनिक जग्गामा स्याउ बिरुवा रोप्ने व्यक्ति र संस्थालाई त्यहाँको जग्गासम्बन्धी आवश्यक कागजात लिएर आउनसमेत आग्रह गरिएको बताए ।

पछिल्लो समय उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ खेतीतर्फ यहाँको किसानको आर्कषण बढेको छ । बिरुवा रोप्ने गरेको दोस्रो वर्षमै फलदिने भएकाले यहाँ हाइब्रिड खेती गर्ने प्रचलन बढेको हो । यसैका खातिर मुस्ताङका गाउँगाउँमा आफूखुसी गाउँले मिलेर सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउ खेती गर्ने होडबाजिनै चलेको छ ।

त्यसो त मुस्ताङको मार्फा मात्रै हाइन ,जिल्लाका पाँच वटै स्थानीय तहमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको पाइएको छ । यहाँको कूल क्षेत्रफलको दुई प्रतिशत जमिन मात्रै नापी भएकाले यहाँका सार्वजनिक जग्गा प्रयोगविहीन छन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ को कार्यविधि मापदण्डअनुसार यहाँको सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको हो ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ९ : १३ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका