‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री « Khabarhub

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको इन्द्रेणीको अस्ट्रेलिया राइट्स बिक्री भएको छ ।

झरी पछिको इन्द्रेणीको अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् । अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की नेपाली समुदायबीच परिचित नाम हो ।

शिक्षा र माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन् । व्यवसायिक सफलताको साथसाथै, उनी नेपाली कला, संगीत, चलचित्र र खेलकुद क्षेत्रलाई पनि उत्तिकै माया गर्ने व्यक्ति हुन् ।

कार्कीका अनुसार उक्त चलचित्र नेपालसँगै अष्ट्रेलियाका प्रमुख शहरहरूमा रिलिज गरिनेछ । ‘यो चलचित्र अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ’ उनले भने ।

९ वर्ष पछि पुनरागमन गरेका गणेश उप्रेतीको मुख्य भूमिका रहेको झरी पछिको इन्द्रेणीमा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहेको छ । यस चलचित्रको निर्देशन अर्जुन घिमिरे ‘पाँडे’ ले गर्ने छन् । फिल्ममा बालेन शाहको र्याप रहने चर्चाका कारण प्रतिक्षित बनेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : ३८ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको