पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’ « Khabarhub

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता बिग्रिएमा टेबल छाडेर हिँड्ने बताएका छन् ।

फक्स न्युजका ब्रेट बेयरसँग एयर फोर्स वनमा दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन् ।

उनले वार्ता राम्रो हुने आशा गर्दै यदि नराम्रो भएमा आफूले टेबल छाडेर हिँड्ने बताएका हुन्।

उनले बैठक धेरै राम्रो हुने भविष्यवाणी गरे । तर उनले थपे, ‘यदि राम्रो भएन भने म छिट्टै घर फर्किन्छु। म टेबल छाड्छु।’

शिखर वार्तामा ‘तीन-तीन’

ह्वाइट हाउसल पुटिनसँगको बैठकमा ट्रम्प एक्लै भाग नलिने बताएका छन्। उनीसँग विदेश मन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकोफ सहभागी हुनेछन्।

बैठकपछि हुने लञ्चमा पनि रुबियो, विटकोफ, अर्थ मन्त्री स्कट बेसन्ट, वाणिज्य मन्त्री हावर्ड लुटनिक, रक्षा मन्त्री पिट हेगसेथ र ट्रम्पका प्रमुख सल्लाहकार सुसी वाइल्स सहभागी हुनेछन्।

उता रसियन वार्ता टोलीमा को-को छन् भन्ने खुलिसकेको छैन । यद्यपि रसियन अधिकारीहरू अलास्का पुगिसकेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १२ : ४० बजे

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका