आज २०८२ साल साउन ३१ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन ३१ गते शनिबारको राशिफल


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ३१ गते शनिबार। भाद्र कृष्ण पक्षको अष्टमी तिथि। साउन मेला समाप्त। कृष्ण जन्माष्टमी व्रत। तदनुसार सन् २०२५ अगष्ट १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। संकल्प पूरा हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमाथि विजय प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। आम्दानी बढ्ने योग छ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। साथीहरु आरोप प्रत्यारोपमा उत्रिने जोखिम छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। संकटमा परिवारको साथ मिल्नेछ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। लगानी गरेको भए नाफा हुनेछ।

सिंह : दिन राम्रो छ। धन खर्च भए पनि राजनीतिक क्षेत्रमा चर्चा हुनेछ। शिक्षामा सुधार हुनेछ। परिवारभित्र गोप्य कुरा सुरक्षित नगर्दा घाटा हुनेछ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

कन्या : दिन सामान्य छ। कामको बोझ थपिने छ। आफन्तको झगडाले मनलाई उदास बनाउने जोखिम छ। स्वास्थ्य र शिक्षाबाट लाभ प्राप्त हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। परिवारमा रमाइलो वातावरण बन्नेछ । पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। आफन्तले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। कला र गलाको चर्चा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सफल बन्ने योग छ। विपक्षी शान्त भएकाले काम सहजै बन्नेछ। अग्रजसँग सहकार्य गरेमा काम सहजै बन्नेछ। खानपानमा सचेत बन्नुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने छ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। रोजगारमिा बढुवा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीकि क्षेत्रमा लाभ हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनसक्छ। राजनीतिक क्षेत्रमा तपाईंको खर्च गराउने समूहको बहुमत छ। विपक्षी बौद्धिक भएकाले थोरै बोल्नु राम्रो हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। शिक्षमा जोस र जाँगर बढ्नेछ। थोरै बोलेर दैनिक कामलाई अगाडि बढाउनु उचित हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। लगानी गरेको भए आम्दानी बढ्नेछ। व्यापारमा लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। धार्मिक कार्यमा सभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ५ : १४ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको