पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ « Khabarhub

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको छ । अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ-रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार राति स्वागत गरेपछि वार्ता भएको थियो ।

वार्ताका लागि पुटिन आफ्नो एल ९६-३०० पीयु विमानमा अङ्करेज पुगेका थिए । उनको प्रतिनिधिमण्डल बोकेको टीयु-२१४ विमान पनि साथमा थियो।

अलास्का वार्तापछि संक्षिप्त टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा पुनः भेट हुने संकेत दिए। उनले भने, ‘हामी चाँडै फेरि कुरा गर्नेछौँ’ सम्भव भएसम्म चाँडै भेट्नेछौँ। धेरै धन्यवाद, भ्लादिमिर।’

जवाफमा राष्ट्रपति पुटिनले अबको वार्ता मस्कोमा हुने बताए उनले भने, ‘अर्को पटक मस्कोमा’। यसमा फेरि प्रतिक्रिया दिँदै ट्रम्पले मुस्कुराए। तर आफूले गाली खाने संशय पनि उनले व्यक्त गरे । ‘त्यसमा म केही आलोचना खान सक्छु… तर यो सम्भव पनि हुनसक्छ,’ उनले भने ।

यस शिखर वार्तामा अमेरिकाले सैन्य शक्ति प्रदर्शन र कूटनीतिक सन्देश दुवै दिन खोजेको विश्लेषण गरिँदैछ । ट्रम्पले शिखर वार्तालाई उच्च अंक दिए पनि नतिजा निस्किएन ।

फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले पुटिनसँगको शिखर वार्तालाई १० अंक दिने बताए। वार्तालाई लिएर ठूलो प्रचार भए पनि युक्रेन युद्धको दिशा परिवर्तन गर्नसक्ने कुनै ठोस प्रगति भएको स्पष्ट छैन।

अमेरिकी रक्षा मन्त्रालयको सचिवालयअन्तर्गत रूस विभागका पूर्वनिर्देशक म्याट डिम्मिकले अलास्काको पत्रकार सम्मेलनमा ट्रम्पको शान्त मुडले युक्रेन युद्ध रोकिनेतर्फ कुनै प्रगति हुन नसकेको बताए ।

डिम्मिकले भने, ‘दुवैजना आए, छोटकरीमा बोले, अस्पष्ट शब्द प्रयोग गरे । पत्रकारसँग छलफल गर्न उनीहरूसँग कुनै ठोस उपलब्धि थिएन, यसले नै यो बैठकको सम्पूर्ण सन्देश दिन्छ।’

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : १० बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत