इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति एनफिल्डमा भएको खेलमा बर्नमाउथलाई ४–२ गोलले हराउँदै लिभरपुलले सुखद सुरुवात गरेको हो ।

लिभरपुलका लागि ह्युगो एकिटिके, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहम्मद सलाहले गोल गरेका थिए । बर्नमाउथका एन्टोइन सेमेन्होले २ गोल फर्काए ।

खेलको ३७औँ मिनेटमा लिभरपुलका ह्युगोले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, खेलको ४९औँ मिनेटमा कोडीले गोल गर्दै लिभरपुलको अग्रतालाई दोब्बर बनाए ।

यस्तै, ६४औँ र ७६औँ मिनेटमा बर्नमाउथका सेमेन्होले गोल फर्काउँदै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि लिभरपुलका फेडेरिकोले ८८औँ मिनेट र सलाहले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीलाई ४–२ गोलको जित दिलाए ।

यो जितसँगै लिभरपुलले नयाँ सिजनमा पहिलो खेलबाट ३ अंक जोडेको छ । बर्नमाउथले हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : २६ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा