इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति एनफिल्डमा भएको खेलमा बर्नमाउथलाई ४–२ गोलले हराउँदै लिभरपुलले सुखद सुरुवात गरेको हो ।

लिभरपुलका लागि ह्युगो एकिटिके, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहम्मद सलाहले गोल गरेका थिए । बर्नमाउथका एन्टोइन सेमेन्होले २ गोल फर्काए ।

खेलको ३७औँ मिनेटमा लिभरपुलका ह्युगोले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, खेलको ४९औँ मिनेटमा कोडीले गोल गर्दै लिभरपुलको अग्रतालाई दोब्बर बनाए ।

यस्तै, ६४औँ र ७६औँ मिनेटमा बर्नमाउथका सेमेन्होले गोल फर्काउँदै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि लिभरपुलका फेडेरिकोले ८८औँ मिनेट र सलाहले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीलाई ४–२ गोलको जित दिलाए ।

यो जितसँगै लिभरपुलले नयाँ सिजनमा पहिलो खेलबाट ३ अंक जोडेको छ । बर्नमाउथले हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : २६ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा