रुपन्देही कारागारबाट निकालियो रविलाई, नख्खु कारागार ल्याइने « Khabarhub

रुपन्देही कारागारबाट निकालियो रविलाई, नख्खु कारागार ल्याइने


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ ।

उनलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो ।

कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेले दिएको निवेदनका आधारमा भैरहवाबाट नख्खु स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

उनलाई कारागार स्थानान्तरण गरिने भएपछि रास्वपाका नेताहरू काठमाडौंबाट भैरहवा पुगेका थिए । प्रवक्ता मनिष झाले आफूहरू भैरहवामा रहेको प्रतिक्रिया खबरहबलाई दिएका थिए ।

लामिछाने गत चैत २५ देखि भैरहवा कारागारमा थिए । गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि लामिछानेलाई सोही दिन प्रहरीले काठमाडौंबाट पक्राउ गरी चैत २३ गते शनिबार रूपन्देही लगेको थियो ।

तस्बिरहरु : अनिल ढुंगेल

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : ५९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले